नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच सम्झौता

न्भेष्टाेपेपर । वैशाख २६, २०८१

काठमाण्डाैँ । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति यहि वैशाख २० गते बीरगंजमा भएको हो।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टरार्इ र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्रा.डा. अमरनाथ ठाकुरले हस्ताक्षर गर्नुभयो।

बीरगंज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर बीरगंज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ। अब काठमाण्डौमा अत्याधुनिक र एकिकृत डायग्नोष्सि सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्रा.डा. ठाकुरले जानकारी दिनुभएको छ।

सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा संचालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ। हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोष्टिक रिर्पोटबाट संतुष्ट छ/छैनन् अध्ययन गर्नेछ। काठमाण्डौको आवश्यकता अनुसार  कस्तो र कुन क्षमताको डायग्नोष्सि सेन्टरको आवश्यकता छ, सोको लागी कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले मंगलम डायग्नोष्टिक सेन्टर प्रा.लि. लार्इ प्रतिवेदन बुझाउने छ।

त्यस पश्चात नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रा.लि. आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर संचालन गर्ने जानकारी गराएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *