प्रभु क्यापिटल र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरबीच सम्झौता

न्भेष्टाेपेपर । मंसिर १९, २०८०

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा समझौता भएको छ ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहनमान जोशीले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता अनुसार अन्तर्गत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहक महानुभावहरुले मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिदा २५ प्रतिशत छूट अफर पाउने भएका छन् । यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो आई डी कार्ड प्रस्तुत गर्नुपर्नेछ । जसको आधारमा ईम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।

यो अफर क्यापिटलका हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी २ बर्ष अवधि १७ मंसिर २०८२ सम्मका लागि ईम्पेक्सको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्नसक्नुहुनेछ । यसले बागबजार, न्यूरोड, गाबाल, सामाखुशीमा रहेका ४ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *