‘बाइकट एनसेल’ भन्दै अनेरास्ववियुको प्रदर्शन

न्भेष्टाेपेपर । मंसिर १९, २०८०

काठमाडौँ । एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो । ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड प्रदर्शनमा सहभागीहरूले बोकेका देखिन्छ ।

अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएका छन् । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ । (इमाउण्टेन समाचारबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *