ज्योति विकास बैंकद्वारा विभिन्न तीन कार्यक्रमका लागि सम्झौता

न्भेष्टाेपेपर । साउन १६, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंकले ३ वटा विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता तथा उद्घोषण गरेको छ। बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव र सकारात्मक परिवर्तन ल्याउन, समाजको समग्र विकास गर्न, र समुदायलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले सो सहयोग प्रदान गरेको हो।

ज्योति विकास बैंकले शारीरिक तवरले फरक बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गर्न ई-नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

यस सहकार्यको माध्यमबाट बैंकले १६ जना बालबालिकाहरुलाई 3D प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ। प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकाहरुलाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वासलाई पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको छ। बैंकले यसअघि पनि ई-नेबल नेपालसंगको सहकार्यमा १५ जना बालबालिकाहरुलाई उक्त हातहरु प्रदान गरेको थियो।  

यसका साथै, बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा “न्यानो नानी” परियोजना-५ लाई निरन्तरता दिने घोषणा गरेको छ।

हाइपोथर्मियाको कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै, उक्त जोखिमलाई न्यूनीकरण गर्ने अतिसंवेदी र महत्वपूर्ण १० वटा जीवनरक्षक चिकित्सा उपकरण ‘न्यानो नानी’ बेबी वार्मर मेसिन बनाई, आवश्यकता भएका विभिन्न स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जडान गर्न बैंकले सहयोग गर्ने सम्झौता भएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकाल तथा राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक श्री संजय झाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा हालसम्म विभिन्न चरणहरु मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरुमा ४५ वटा बेवी वार्मर जडान गरि सकेको छ। साथै, बैंकले अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गर्नुका साथै त्यसको उच्चतम सदुपयोग सुनिश्चित गर्न विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ।

त्यसैगरी, बैंकले स्वावलम्बन नेपाल संस्थासंगको सहकार्यमा संस्थामा अभिभावक विहीन बालबालिहरुको आंशिक भएपनि अभिभावकत्व निर्वाह गर्ने, सिकाइ वातावरण अभिवृद्धि र समग्र शैक्षिक अनुभवमा गुणात्मक सुधार ल्याउने उद्देश्यका साथ डेस्क बेञ्चहरु प्रदान गर्ने प्रतिबद्धता सहितको सम्झौता गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *