विचाराधीन विधेयकमा साझा धारणा बनाएर अगाडि बढ्ने सहमति

न्भेष्टाेपेपर । माघ ४, २०८१

काठमाडौँ । सङ्घीय संसद्मा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएको छ ।  प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकबीच आज भएको छलफलमा त्यस्तो सहमति भएको हो । 

सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयमा भएको छलफलमा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएकोे नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँले विधेयकहरुलाई कसरी अगाडि बढाउने र चाँडो पारित गराउने भन्ने विषयमा छलफल भएको बताउनुभयो ।
     
संसद्लाई प्रभावकारी बनाउने र संसदीय क प्रक्रियामा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताउनुभयो । 

बैठकमा संसद्को विषयगत समितिमा रहेका विधेयकलाई सत्तापक्ष र विपक्षी दलको साझा धारणा बनाएर चाँडो टुङ्ग्याउने विषयमा पनि नेताहरुबीच कुराकानी भएको थियो । बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्तोष परियार सहभागी हुनुहुन्थ्यो ।(रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *