भर्च्यूयल विधिबाट कृषि वित्त तालीम सम्पन्न

इन्भेष्टाेपेपर । असाैज ११, २०७७

सिद्धार्थ बैंकका कर्मचारीहरुका लागि डेभ्लपमेन्ट एलायन्स नेपालले कृषि वित्त तालीम सम्पन्न गरेको छ । यही आश्विन ९ र १० गतेसम्म भर्च्यूयल विधिबाट संचालित उक्त तालीम कार्यक्रममा देशका विभिन्न शाखाहरुमा कार्यरत २५ जाना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उत्त तालीम कार्यक्रममा कुखुरा पालन, पशु पालन, मत्स्यपालन, तरकारी एवं फलफूल खेती जस्ता ब्यवसायलाई लक्षित गरी सम्बन्धित विषयका विशेषज्ञहरुले प्राविधिक तथा वित्तीय पक्षका साथै कर्जा विश्लेषण सम्बन्धमा प्रशिक्षण दिनुभएकाे थियाे । यसका साथै नेपालमा कृषि ब्यवसायका चुनौति, कृषि कर्जा लगानी गर्दाका संभावित जोखिम, कृषि कर्जा विश्लेषण गर्दा ध्यान दिनु पर्ने पक्षका बारेमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो ।

भर्च्यूयल विधिबाटै समापन गरिएकोे तालीम कार्यक्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री शम्भुनाथ गौतमले नेपाल सरकारको नीति ब्यावसायिक कृषिलाई अगाडि बढाउने रहेको र यस कार्यमा कर्जा विस्तार गरी सहयोग पुर्याउन नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहबाट ठूलो अपेक्षा गरिरहेको अवस्थामा यस किसिमको तालीमले निश्चय पनि कर्मचारीहरुमा कृषि कर्जा विश्लेषणमा दक्षता अभिबृद्धि भई गुणस्तरीय कर्जा प्रवाहमा सघाउ पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा माइक्रो बैंकिङ्ग प्रमुख श्री केशव खातीले तालीम बैंकको अपेक्षा अनुरुप प्रभावकारी रहेको र तालिममा सहभागी कर्मचारीहरुलाई सिकेको सीप सदुपयोग गर्दै वास्तविक कृषकको पहिचान गरी कृषि कर्जा विस्तारमा जुट्न आग्रह गर्नु भयो ।

कार्यक्रमको समापन गर्दै डेभ्लपमेन्ट एलायन्स नेपालका अध्यक्ष श्री तोयानाथ पाण्डेयले एलायन्स कृषि विकास बैंकबाट अवकास प्राप्त कर्मचारीहरुद्वारा प्रवर्धित संस्था रहेको र कृषि विकास बैंकमा रहँदा सिकेको सीपको सदुपयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरुसंग हातेमालो गर्दै कृषि वित्त क्षेत्रमा थप सहकार्य गरी अगाडि बढ्ने दृढता ब्यक्त गर्नुभयो ।

कृषि वित्त विज्ञ तथा तालीमका संयोजक बिजयराज पोखरेलले तालीम कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने एलायन्स र सिद्धार्थ बैंकका सबै सहभागीहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *