नबिल बैंकले ७.७५ प्रतिशतमै शेयर कर्जा उपलव्ध गराउने

इन्भेष्टाेपेपर । असाैज १२, २०७७

नेपाल धितोपत्र बजार नेप्सेमा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएकाे छ । रु. ५० लाख अथवा सो भन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा प्रदान गर्नेछ ।

आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्ग निर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने छ ।

हाल नबिल बैंकका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

यस बैंकले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु, आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित गर्ने मुख्य उदेश्य रहेकाे प्रेस विज्ञप्तीमा जनाएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *