कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण

न्भेष्टाेपेपर । मंसिर १३, २०८१

काठमाण्डाैँ । कृषि विकास बैंक शाखा कार्यालय मेलम्चिले इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकलाई सि.सि.टि.भि. वितरण गरेको छ ।

मेलम्चि वजार क्षेत्रमाहुने चोरी डकैति, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगतसि.सि.टि.भि. प्रदान गरेको हो ।

बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची वजारमा शान्ति सुरक्षाकायम गर्न सहज हुने छ । मेलम्चि शाखामा एक कार्यक्रमआयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरिएको हाे ।

उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रवन्धक शुसिल हुमागाईं, वागमतिप्रदेश निर्देशक चन्द्र सिंह थापा, मेलम्चि शाखाका प्रवन्धक प्रज्वल भट्टराई लगायत महानुभावहरुको उपस्थिती रहेको थियो भने इलाकाप्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा सि.सि.टि.भि. हस्तान्तरण गर्दै बैंकका प्रमुखकार्यकारी अधिकृत गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदान दिन सक्ने धारणा राख्नु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *