कृषि वित्त तालिम सम्पन्न
इन्भेष्टोपेपर । आश्विन ११, २०७८
काठमाडौँ । डेभ्लपमेन्ट एलाएन्स नेपालले हालै सेन्चुरी कमर्सियल बैंककका कर्मचारीहरुका लागि भर्चुअल माध्यमबाट यही आश्विन ८ र ९ गते दुई दिने कृषि वित्त तालिम सम्पन्न गरेको छ ।
सेन्चुरी बैंकको बागमति र कर्णाली प्रदेश कार्यालय अन्तरगतका विभिन्न शाखाका ४३ कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिममा एलायन्सका विभिन्न विषय विशेषज्ञहरुले कुखुरा, गाई र बाख्रा पालन एवं फलफूल तथा तरकारी खेती कर्जा लगानी सम्बन्धमा प्रशिक्षण दिएका थिए । तलिममा लागत अनुमान, स्थिर तथा चालु पूजी आँकलन, जोखिम विश्लेषण एवं गुणस्तरीय कर्जा लगानीमा ध्यान दिनुपर्ने विषयवस्तुहरु समेटिएका थिए ।
प्रशिक्षार्थिहरुले तलिमको समापनको क्रममा हालसम्म सामान्य जानकारीको आधारमा कर्जा विश्लेषण गर्ने गरिएकोमा तालिमबाट सिकिएको सीपले यथार्थमा आधरित भएर कर्जा प्रवाह गर्न सघाउ पुग्ने धारणा राखेका थिए । कार्यक्रममा बैंकका वागमति र कर्णाली प्रदेशका प्रमुख क्रमशः दिपन्द्र बाबु विष्ट र धर्मराज विष्टले तालिममा प्रस्तुत गरिएका विषयवस्तुहरु सान्दर्भिक र प्रशिक्षण प्रभावकारी रहेकोले शाखाका कर्मचारीलाई कृषि कर्जा लगानीमा सहयोगी हुने मन्तब्य राख्नु भएको थियो ।
यसका साथै उक्त बैंकका कृषि तथा विपन्न क्षेत्र कर्जा विभागका प्रमुख श्री प्रविण दाहालले बैकको कृषि कर्जा नीतिको बारेमा प्रकाश पार्दै तालिम बैंकको अपेक्षा अनुरुप तालिम अत्यन्तै उपलब्धिमूलक रहेको र यसबाट बैंकका कर्मचारीहरुलाई कृषि कर्जाका कार्यक्रमहरु प्रभावकारी तवरले कार्यान्वयनमा सघाउ पुग्ने मन्तब्य राख्नु भएको थियो । तालिम कार्यक्रमको समापन गर्दै एलायन्सका अध्यक्ष तोयानाथ पाण्डेयले कृषि कर्जाको क्षेत्रमा सेन्चुरी बैंकसंग सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताउनु भयो ।
उक्त तालिममा एलायन्सका कृषि वित्त विज्ञ एवं तालिम संयोजक बिजयराज पोखरेलल डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. कृषि विकास बैंकबाट अवकास प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञ समूहद्धारा प्रवद्धित संस्था रहेको र यसले कृषि वित्त क्षेत्रमा सघाउ पु¥याउन कृषकहरुलाई आवश्यक परामर्श उपलब्ध गराउनुका साथै हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाका ४०० भन्दा बढी कर्मचारीहरुलाई कृषि वित्त तालिम प्रदान गरेको जनाकारीे गराउनु भएको थियो ।
