अचम्म ! नाकको एक प्वालले एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति

इन्भेष्टोपेपर । भाद्र ०६, २०७७ 

एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेर सुन्दै अचमम लाग्ने, पत्याउनै गाह्राे पर्ने काम गरेकाछन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ ।

चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई मिनेट ३० सेकेन्डभित्र एकैपटक १२ वटा टायरमा हावा भरेका छन् ।

यसअघि दुई मिनेट ३० सेकेन्डमा ६ वटा टायरमा हावा भरेर रेकर्ड राखिएको थियो । गत वर्ष अर्का एक चीनियाँ व्यक्तिले २० मिनेटभित्र एकैपटक चारवटा टायरमा हावा भरेर समाचारको हेडलाइन बनेका थिए ।

ताङ्गले नान्जियाङ ग्रान्ड क्यान्योन सिनिक स्पोटमा आउने पर्यटकसामू विभिन्न स्टन्ट देखाएर पैसा कमाउने गर्छन् । उनले टायर ट्युब ट्रिक अनलाइनमा भिडियो हेरेपछि प्रयास गरेको बताए । निकै अघिदेखि मार्सल आर्टस् गरिरहेकाले आफ्नो सास फेर्ने कलाले यसमा केही सघाउ पुर्याउने आशा राखेको जुन सही निर्णय भएको उनले बताए ।

जुलाई ५ तारिखमा फेइहुले लण्डनस्थित वर्ल्ड रेकर्ड सर्टिफिकेशन एजेन्सीलाई आफ्ना बारे जानकारी दिएको र त्यसको एक महिनापछि अगस्ट १२ तारिखमा एजेन्सीका अधिकारीसामू आफ्नो प्रस्तुती दिएपछि उनलाई विश्व रेकर्डको सर्टिफिकेट प्रदान गरिएको थियो ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *