सहिदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ : सभामुख घिमिरे

न्भेष्टाेपेपर । माघ १६, २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

सहिद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुईमत नभएको बताउनुभएको हो । राणाशासनलाई अन्त्य गर्न आफ्नो जीवन आहुति दिने अमर सहिदहरु दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले  नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तिका लागि आफ्नो जीवन अर्पण गरेका सहिदले देखेको समृद्धिको सपना पूरा गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने जनाउनुभयो ।

“विभिन्न तह र तप्काअनुसार सबैको भूमिका संविधानले नै प्रस्ट पारेको छ । त्यसकारण सबैले आफ्नो संवैधानिक भूमिकालाई ख्याल गर्दै जिम्मेवारी पूरा गर्ने हो भने सहिदप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गरेको ठहरिनेछ”, उहाँको सन्देशमा भनिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *