शहीदहरुको सपना साक्षी राखेर एकजुट भइ काम गर्ने बेला आइसक्योः उपप्रमुख डंगोल

न्भेष्टाेपेपर । माघ १६, २०८०

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना साक्षी राखि एकजुट भएर काम गर्ने बेला आइसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताउनु भयो । उहाँले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताउनु भयो ।

उहाँले समृद्धिको मुल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले महानगरवासीको मुहारमा खुशी र सुखका अनुभुति ल्याउन निरन्तर रुपमा प्रयासरत रहेको जिकिर गर्नुभयो ।उपप्रमुख डंगोलले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रुपमा नै सरकारहरुलाई नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने आजको उद्देश्य रहेको बताउनु भयो । यसबाट नै शहीदले देखेका सम्पूर्ण सपनाहरु पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *