अचम्मको रेष्टुरेन्ट ! जहाँ नग्न शरीरमा खाना पस्किने गरिन्छ

इन्भेष्टोपेपर । पुष १३, २०७८

मानिसहरुले मार्केटिङको लागि विभिन्न हतकण्डा अपनाउन पछि पर्दैनन् । जापानको एक रेष्टुरेन्टले पनि ग्राहक तान्नको लागि यस्तै हतकण्डा अपनाइरहेको छ ।

जापानमा ‘न्योटाइमोरी एक्सपेरियन्स’ नामको रेष्टुरेन्ट निकै प्रख्यात छ । यो रेष्टुरेन्ट प्रख्यात हुनुको पछाडी एउटा अचम्मको कारण छ । यहाँ नग्न युवतीहरुको शरीरमा खानेकुरा पस्किने गरिन्छ र त्यहि प्लेट बनेर बसेकी युवतीको शरीरबाट खाना खानको लागि मानिसहरु लाइन पनि लामै हुने समाचारमा जनाइएको छ ।

नग्न युवतीको शरीरमा खाना पस्किने चलन जापानमा वर्षौँदेखि चल्दै आएको छ । जसलाई जापानमा न्योटाइमोरी अर्थात ठूलो सुशी भनिन्छ । यो शब्दको अर्थ शरीरबाट बनेको प्लेट भन्ने हुन्छ ।

‘न्योटाइमोरी एक्सपेरियन्स’ रेष्टुरेन्टको वेबसाइटमा बताइए अनुसार यस्तो चलन जापानको साथसाथै अन्य देशमा पनि अपनाउन थालिएको छ । यसअघि चिनमा पनि यस्तो चलन कायम थियो । तर यसको विरोध भएपनि त्यहाँबाट हटाइयो । मानिसहरुले यस्तो कार्यलाई घटिया, यातना तथा मानिसकै अपमान हो भन्थे ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *