पीएसजीका फरवार्ड एमबाप्पेले जिते यस वर्षकाे ग्लोवो सकर अवार्ड

इन्भेष्टोपेपर । पुष १३, २०७८

काठमाडौं । फ्रान्स तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले यस संस्करणको ग्लोवो सकर अवार्ड जितेका छन् ।

एमबाप्पेले वर्ष खेलाडी बन्ने क्रममा ६ पटकको विजेता क्रिस्टियानो रोनाल्डो, गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की, लियोनेल मेस्सी, मोहम्मद सलाह र करिम बेन्जेमालाई भोटिङको आधारमा पछि पार्दै यो अवार्ड जितेका हुन् ।

२३ वर्षीय एमबाप्पेले गत सिजन लिग वानमा २७ गोल गरे पनि उनको टोली पीएसजी उपविजेता मात्रै बनेको थियो । एमबाप्पेकै उच्च प्रदर्शनमा फ्रान्सले युर्ईएफए नेसन्स लिगको उपाधि जितेको थियो ।

संयुक्त अरब इमिरेट्स यूएई (दुवई) स्थित अल वाल्स प्लाजामा सोमबार राति भएको १२औं संस्करणको अवार्ड समारोहमा पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका रोबर्टलेवान्डोस्कीले दुई अवार्ड जित्न सफल भए । उनले टिकटक फ्यान्स अवार्ड र म्याराडोना अवार्ड जितेका हुन् ।

यस्तै पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रोनाल्डोले सर्वाधिक गोलकर्ता (अल टाइम) को अवार्ड हात पारे । उनले राष्ट्रिय टोलीबाट ११५ अन्तर्राष्ट्रिय तथा व्यावसायिक करिअरमा ८ सय भन्दा बढी गोल गरेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *