नेप्से परिसूचकमा ६२ अङ्ककाे बढाेत्तरी, १० अर्बको कारोबार

न्भेष्टाेपेपर । कात्तिक २५, २०८१

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब १० अर्ब बराबरको कारोबार भएको छ। आज नेप्से परिसूचक ६२ दशमलव ५४ अङ्कको वृद्धि पछि दुई हजार सात सय ३८ दशमलव ०६ को अङ्कमा कायम भएको हो।

तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता शेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ। 

आज जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी चार दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ। बैङ्किङ एक दशमलव ६२, विकास बैङ्क दुई दशमलव ७१, वित्त दुई दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ९६ र लगानी समूह दुई दशमलव ५६ प्रतिशतले बढेको छ। जीवन बिमा दुई दशमलव १६, उत्पादन तथा प्रशोधन दुई दशमलव ३२, लघुवित्त एक दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ६२, निर्जीवन बिमा एक दशमलव ९५, व्यापार एक दशमलव १५ र अन्य समूह दुई दशमलव ५२ प्रतिशतले बढेको छ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर मूल्य छ दशमलव ७६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको रु ३८ करोड चार लाख ३७ हजारको शेयर किनबेच भएको छ। 

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर शेयर १० लाख ४७ हजार ३५ कित्ता शेयर किनबेच भएको छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *