हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ नियुक्त

न्भेष्टाेपेपर । भाद्र ३०, २०८१

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अन्जु श्रेष्ठ नियुक्त हुनुभएकाे छ ।

भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत तथा निमित्त कार्यकारी अधिकृत हुनुहुन्थ्याे ।

असोज १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षे अवधिका लागि श्रेष्ठलाई सिइओमा नियुक्त गरिएको कम्पनीले जानकारी गराएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *