सीजीकाे दसैं तिहार लक्षित “एक्कासी मालामाल” याेजनाका विजेता घाेषणा

न्भेष्टाेपेपर । कात्तिक २१, २०८१

काठमाण्डाैँ । सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत एकजना भाग्यशाली बिजेताले राम किशुन यादवले रु. पाँच लाख नगद पाउनु भएको छ ।

सीजीले दसैं तिहार लक्षित गरि ‘एक्कासी मालामालः ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत हिरो ब्रान्डको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्म जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार पाउन सकिने छ ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ ।

साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ । लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *