इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपालको बार्षिक साधारण सभा

इन्भेष्टोपेपर । पुष २६, २०७८

काठमाण्डाैँ । पौष २४ गते शनिबार इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को बार्षिक साधारण सभा काठमाण्डाैँस्थित लैनचौर ब्यान्केटमा एक कार्यक्रमबीच सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथी सहरी बिकास मंत्री माननीय रामकुमारी झाँक्रीले interior design क्षेत्रको प्रयोग र बिकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने भनाइ राख्नु भयो। कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र योगदानको लागि रबिन्द्र पुरीलाई बिशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष बिन्द्रा प्रधानले आइडिया नेपाल interior design को उत्थान र प्रगतिको निम्ति लागि पर्ने र Interior Design प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली ,सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको productivity संग सम्बन्धित बिषय बस्तु भएको हुनाले सरकारले पनि नीति नियम बनाउदा Interior Design सम्बन्धि बिषय बस्तु पनि समाबेस गर्न आग्रह गर्नु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *