एनसीसी बैंकले बोलायो साधारणसभा, अन्य प्रस्तावहरू के के छन त ?

Investopaper, श्रावण १९, २०७६

एनसीसी बैंकले भदौ २३ गते एकैदिन बीसौं र एक्काइसौं वार्षिक साधारण सभा बोलाएको छ। उक्त साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान ११ बजे देखि शुरू हुने छ ।

साधारण सभामा बैंकले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.८९ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा बोनमा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जान, सम्पति तथा दायित्व मुल्यांकनको लागि मुल्यांकनकर्ता नियुक्त गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

साधारण सभाबाट बैंकले संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्बसाधारण शेयरधनीहरको तर्फबाट १ जना महिला सहित ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्ने भएको छ।

साधारण सभा प्रयाेजनका लागि यही श्रावण २६ गते बुक क्लाेज हुदैछ । त्यसभन्दा अगावै शेयर खरिद गर्ने लगानीकर्ताले मात्र घाेषित बाेनस शेयर पाउने छन ।

अन्य बैकहरूकाे समेत जानकारी लिनकाे लागि यहां क्लिक गर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *