आरएसडिसी लघुवित्तको खुद नाफा र जगेडा कोषमा आकर्षक सुधार, इपिएस कति ?

Investopaper, श्रावण १९, २०७६

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षमा खुद नाफा ७१.२२ प्रतिशतले बढाएर ६ करोड ४१ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ। लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने यस कम्पनीले अघिल्लो वर्ष ३ करोड ७४ लाख नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषमा पनि ७ करोड १४ लाखबाट करिब १३७ प्रतिशतले बढेर १६ करोड ९२ लाख पुगेको छ। नाफा संगसंगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ७ रुपैयाँ ७० पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ १३ पैसामा बढोत्तरी भएको हो।

लघुवित्तले गत असार मसान्तसम्म अन्य लघुवित्त संस्थाहरुमा दुई अर्ब ५१ करोड ५५ लाख रुपैयाँ कर्जा परिचालन गरी १२ करोड २९ लाख ७१ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७५ प्रतिशत अधिक हो।

आरएसडीसी लघुवित्तका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • चुक्ता पुंजी ६३ करोड ३५ लाख १२ हजार रहेकाे छ, गत भन्दा ३०.१६ प्रतिशतले बृद्धी ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा ०.२५ प्रतिशत छ,
  • यस अवधिमा लघुवित्तकाे प्रति सेयर आम्दानी (ईपिएस) १० रूपैया १३ पैसा,
  • प्रति सेयर नेटवर्थ १२६.७१ रूपैंया,
  • पूंजी प्रयाप्तता अनुपात ३२.०४ प्रतिशत,
  • कोषको लागत ११.२ प्रतिशत र
  • मूल्य आम्दानी अनुपात ३३.८६ गुणा रहेकाे छ ।

Read Also :- अन्य कपम्पनीहकाे वित्तीय बिवरण हेर्नकाे लागि यहां क्लिक गर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *