प्राइम लाइफकाे साधारण सभा असार २९ गते, बुकक्लोज कहिले ?
इन्भेष्टोपेपर । असार ७, २०७७
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बाह्रौँ वार्षिक साधारण सभा असार २९ गते साेमबार गर्ने घाेषणा गरेकाे छ। उक्त साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिनको २ बजे शुरु हुनेछ।
साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सो बोनस शेयरको कर प्रयोजनार्थ १ करोड २३ लाख ३४ हजार ४४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १९ गतेका दिन बुकक्लोज मिति ताेकिएकाे हुँदा असार १८ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपश्चात पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
