सामाजिक संजालमा सकारात्मक साेच फैलाउने अनुष्काको अभियान

Investopaper, भाद्र ०५, २०७६

बलिउड अभिनेत्री तथा भारतीय क्रिकेट टिमका कप्तान विराट काेहलीकी पत्नी अनुष्का शर्मा विभिन्न क्षेत्रमा सक्रिय छिन । अनुष्का शर्मा फिल्म निर्माण, जनावरको अधिकार संरक्षण र व्यवसायमा समेत संलग्न छिन् । उनले सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले नयाँ प्रोजेक्ट सुरु गर्ने भएकी छिन् । इन्टरनेटलाई सकारात्मक ऊर्जाको माध्यम बनाउने उद्देश्य राखेर उनले ‘लभ एन्ड लाइट’ अभियान सुरु गर्न लागेकी हुन् ।

‘मोबाइललाई हामी कहिल्यै टाढा हुन दिन चाहँदैनौँ भने त्यही मोबाइलको प्रयोगले हामी आफ्नो आसपास र संसारमा अलग तरिकाबाट खुसीयाली पनि ल्याउन सक्छौँ ।

यसबारे सोच्न जरुरी छ,’ अनुष्का भन्छिन्, ‘कसैले इन्टरनेटलाई नकारात्मकता फैलाउनका लागि प्रयोग गर्छ भने त्यसलाई निरुत्साहित गर्नुपर्छ, सकारात्मक सोचलाई प्रोत्साहन गर्नुपर्छ ।’ उनले रचनात्मक तरिकाबाट मानिसलाई जोड्न इन्टरनेट प्रभावकारी माध्यम हुने बताइन् ।

उनले सामाजिक सञ्जालमार्फत युवासँग संवाद गरेर संस्कृति र समाजको प्रवद्र्धन गर्ने लक्ष्य राखेकी छिन् । ३१ वर्षीया यी अभिनेत्रीले जनावर संरक्षणका लागि आवाज उठाउन ‘जस्टिस फर एनिमल्स’ ह्यासट्याग पनि भर्खरै सुरु गरेकी छिन् । सामाजिक सञ्जालमा अनुष्काका झन्डै ६० मिलियन फलोअर्स छन् ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *