आज सुनचाँदीकाे भाउ स्थिर तर खपत ह्वात्तै घट्यो

Investopaper, भाद्र ०५, २०७६

पछिल्लो एक महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा विहिबार भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रहेकाे छ । बुधबार पनि छापावाला सुन प्रतितोला  ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँमा काराेवार भएकाे छ । सुनसँगै चाँदीको मूल्यमा पनि कुनै फेरबदल भएकाे छैन । बुधबार चाँदीको मूल्य प्रतितोला ८ सय ३० रूपैयाँ थियाे भने आज विहिवारपनि ८ सय ३० रूपैयाँमा खरिदबिक्री भएको थियो ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५ सय, तेजाबी सुन ६४ हजार दुई सय र चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । साउनको अन्तिममा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँ, तेजाबी सुन ७१ हजार २ सय रुपैयाँ तथा चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस एक हजार ५ सय अमेरिकी डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसंघले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *