प्रकाश संञ्जेल कृषि विकास बैंककाे संचालकमा नियूक्त

इन्भेष्टोपेपर । कार्तिक १६, २०७८

काडमाण्डाैँ । नेपाल सरकारकाे मन्त्रीस्तरीय निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा प्रकाश कुमार संञ्जेल मनोनयन हुनु भएको छ ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य प्रकाश कुमार संञ्जेललाई संचालक समिति बैठकका अध्यक्ष रमेश कुमार के.सी.ले सपथ ग्रहण गराउनु भएको थियो ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिती रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *