नेपाल वायुसेवा निगमलाई साउदीमा उडान भर्न पाउने स्वीकृति

इन्भेष्टोपेपर । फागुन २३, २०७८

काठमाडौँ ।  नेपाल वायुसेवा निगमलाई साउदी अरबमा तिन विमानस्थलमा उडान भर्न पाउने स्वीकृति मिलेकाे छ । साउदी अरबको नागरिक उड्डयन सङ्गठन (जीएसीए)ले आइतबार निगमलाई उडानको औपचारिक स्वीकृति दिएको हो ।

अनुमतिअनुसार अबदेखि निगमका जहाजले साउदी अरबको रियाद, दमाम र जेददामा उडान भर्न पाउनेछन् । यससँगै निगमले आगामी अप्रिलदेखि नै काठमाडौँ–रियाद सातामा तीनवटा व्यावसायिक उडान गर्ने योजना बनाएको छ ।

व्यावसायिक उडानको अनुमति प्राप्त गर्ने कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थिति थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *