सुन आयातमा राष्ट्र बैंककाे कडाइ, आयातको सीमा घट्यो

इन्भेष्टोपेपर । फागुन २३, २०७८

काठमाडौँ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । केन्द्रीय बैंकले आइतवार एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो । 

यसअघि प्रतिदिन २० किलोसम्म सुन आयातको कोटा तोकिएकोमा त्यसलाई घटाएर १० किलो बनाइएको हो। पछिल्लो समय सुनको आयातसँगै मूल्यमा पनि बृद्धि हुँदै गएको छ। यसअघि बैंकले चाँदी आयातमा कडाइ गरेको थियो।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई परिपत्र गरी सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *