खप्तड घुम्न ‘हेली प्याकेज’ को व्यवस्था

इन्भेष्टोपेपर । माघ १८, २०७८ 

डोटी ।  सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटक आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

कम्तीमा पनि १० दिनका लागि उक्त ‘हेली प्याकेज’को सुरुआत हुने खप्तड घरबास झिग्रानाका सञ्चालक तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिपायलबाट खप्तडका लागि प्रतिव्यक्ति रु. १२ हजार तथा बडिमालिका पुग्न रु. ३० हजार लाग्ने भएको छ । खप्तडमा अहिले कम्तीमा पनि चार फिटभन्दा बाक्लो हिँउ भएकाले उक्त क्षेत्रको अवलोकनका पर्यटकको मागबमोजिम ‘हेली प्याकेज’ को व्यवस्था गरिएको आयोजकले जनाएको छ । गतवर्ष पनि यहाँ ‘हेली प्याकेज’ को आयोजना गरिएको थियो । हेलिकोप्टरमार्फत गतवर्ष १३५ जनाले खप्तडको भ्रमण गरेका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *