क्रिकेटर लामिछानेविरुद्ध थुनछेक बहस आजदेखि

इन्भेष्टाेपेपर ।  कार्तिक १६, २०७९

काठमाण्डाेँ । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बुधबारदेखि थुनछेक बहस हुँदैछ।  जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै थुनछेक बहस हुने भएको हो। 

सन्दीपको बयान पूरा भएकाले बुधबार थुनछेक बहस हुन लागेको उनी पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए। बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत राखेर र कसैको उक्साहटमा अभियोग लगाएको बताएका थिए।

सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार १७ वर्षीया नाबालिगलाई गत भदौ ५ मा काठमाडौंस्थित एक होटेलमा लगेर जबरजस्ती करणी गरेको अभियोगपत्र दायर गरेको थियो। 

स्वदेश फर्किने क्रममा उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *