सौन्दर्य र स्वास्थ्यका लागि खजुर खाने बानी बसालाैँ

इन्भेष्टाेपेपर ।  कार्तिक १६, २०७९

हामीले विभिन्न प्रकारका खानेकुरा तथा फलफूल सन्तुलित मात्रामा सेवन गर्नाले साैन्दर्यमा समेत सहयाेग पुर्याउँछ । खजुर स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ ।

खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ । खजुर खानाले छालाको चमक बढाउन मद्दत गर्छ । खजुरमा भिटामिन सी हुन्छ, जसले छाला कसिलो गर्न सहयोग पुर्याउँछ र चाउरी पर्नबाट पनि बचाउँछ ।

खजुरमा जिंक हुन्छ । नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ । खजुरमा आइरनको मात्रा पनि हुन्छ, जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । आइरनले कपालका विभिन्न समस्याबाट पनि बचाउँछ । यसमा भिटामिन बी हुन्छ । भिटामिन बीले डण्डिफाेरलगायतका समस्यालाई दूर गर्ने काम गर्छ । 

खजुरबाट पेन्टोथेनिक एसिड पनि पाइन्छ । जसले मृत छालाको काेषलाई हटाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ । खजुरले रक्तचापलाई नियन्त्रित राख्छ। यसले हृदयलाई मजबुत बनाउँछ र शरीरमा रगतको कमी हुन दिंदैन।

खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ । यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । प्रशस्त मात्रामा फाइबर पाइने हुनाले कब्जियतको समस्यालाई जरै बाट हटाउँछ।

खजुरले शरीरको तौल बढाउन मद्धत गर्छ। खजुरमा पोषक तत्वहरु पाउनुका साथै क्यालोरी र ग्लुकोजको एक राम्रो स्रोत हो। जसले दुब्लो, पातलो व्यक्तिहरुलाई वजन बढाउन लाभ मिल्छ। तौल बढाउनको लागि १४ वर्ष भन्दा माथिको उमेर समुहको व्यक्तिले दैनिक १०/१२ वटासम्म खजुरका दाना खानु पर्दछ ।

खजुरमा पाइने फाइबर, भिटामिन ए, बी कम्प्लेक्स, भिटामिन के, आइरन, कपर, म्याग्नेसियम, म्याग्निज लगायतका पोषक तत्वहरुले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ । खजुरमा ग्लुकोज हुने भएकोले यसले तुरुन्त उर्जा प्रदान गर्छ।

खजूरलाइ ड्राई फ्रूटको श्रेणीमा राखिन्छ । प्रत्येक दिन बिहान तीन वटा दाना खजूर खादा स्वास्थयका लागि राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *