संङ्ग्रहालयमा राखिएका श्रीपेच चोर्न खोज्ने पक्राउ
इन्भेष्टोपेपर । आश्विन ०९, २०७८
काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजना पक्राउ परेको छ । संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने क्रममा नेपाली सेनाले पक्राउ गरेको हो ।
सोहि सथानमा सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो। संङ्ग्रहालय अवलोकन गर्नृ पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेको बताईएको छ ।
नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयाे।
