नबिल बैंकद्धारा दिगो बैंकिङ्गको लागि साझेदारी
इन्भेष्टोपेपर । आश्विन ०९, २०७८
काठमाडौं । नबिल बैंकले धादिङ्ग जिल्लाकँ गल्छी गाउ“पालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउ“पालिकास“ग दिगँे बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहु“चको लागि समझदारी गरेकँे छ ।
गल्छी गाउँ पालिकामा नबिल बैंककाे तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँ पालिकाकाे तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकाे छ । उक्त साझेदारी मार्पmत गाउँ पालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँ पालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
