सशस्त्रको एआइजीमा अर्याल सिफारिस
इन्भेष्टाेपेपर । वैशाख ५, २०७९
काठमाडौँ । गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी मा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ क बमोजिम उहाँलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।
डिआइजी अर्याल वरियतामा पहिला नम्बरमा हुनुहुन्छ । डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा हुनुहुन्छ । यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको एउटा दरबन्दी खाली थियो ।
समितिले बढुवाउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी दिन सूचनामार्फत अनुरोध गरेको छ ।पदोन्नति भएको खण्डमा अर्याललाई यही वैशाख १८ पछि सशस्त्र प्रहरी बलको नेतृत्व ९महानिरीक्षक० सम्हाल्ने बाटो खुला हुनेछ । (रासस)
