दराज ११.११ अन्तर्गत आश्मा दाहालले जितिन् एथर रिज्टा

इन्भेष्टाेपेपर ।  माघ २७, २०८२

काठमाडौं । एक रुपैयाँको साधारण खरिदले जीवन बदल्ने जित दिलाउन सक्छ भन्ने उदाहरण बनेकी छिन् ललितपुर हरिसिद्धी निवासी आश्मा दाहाल । दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११को ‘१ रुपैयाँ डिल’ अन्तर्गत आश्मा दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्दै दराज ११.११ “द बिगेस्ट सेल अफ दि इयर” को ग्राण्ड प्राइज विजेता बन्न सफल हुनु भएको छ । 

दराज ११.११ अभियान नोभेम्बर १०को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो । यस अभियान अवधिभर ग्राहकहरूको अत्यधिक सहभागिता पश्चात यसलाई नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो ।

अभियानको नियमानुसार १ रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नुका साथै सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने र न्यूनतम १०,००० रुपैयाँ खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्रान्ड प्राइजका लागि छनोट हुनु भएकी थिइन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *