एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित

न्भेष्टाेपेपर । असाेज १६, २०८०

काठमाडौ । एसियाली क्रिकेट अन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

भारतले प्रस्तुत गरेको २०३ रनको विशाल लक्ष पछ्याएको नेपालले ९ विकेट गुमाएर एक सय ७९ रन मात्र बनाउन सकेको थियो । यद्यपि  भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य थियो । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले ३, सन्दीप जोराले २९, सोमपाल कामीले ७, गुल्सन झाले ६, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले ५ रन बनाए ।

भारतका खेलाडीहरु रवी बिस्नोई र अभेष खानले समान ३–३ विकेट लिएका थिए । अर्सदीप सिंहले २ तथा साई किशोरले १ विकेट लिए ।

यसअघि टस जितेर भारतले पहिले ब्याटिङ गरेको थियो । भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाएका थिए ।

नेपाली बलर दीपेन्द्रसिंह ऐरीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान एकएक विकेट लिएका थिए । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *