सगरमाथा आरोहण अभियानका लागि रोयल इनफिल्डको सहयाेग
इन्भेष्टाेपेपर । चैत्र २७, २०७८
काठमाण्डाैँ । बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डले सगरमाथा आरोहण अभियानका लागि रू. पाँच लाख सहयाेग गरेकाे छ ।
बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहनु भएका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा अभियान” लाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रा. ली. ले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर रु. ५००,०००।- (रु. पाच लाख) को चेक हस्तानतरण गरेको हाे ।
साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी हर्ष संघाइले हस्तान्तरण गर्नु भयो ।
रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात हुनुहुन्छ, उहाँलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइ द्वारा सम्मान गरिएको छ ।
उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोदले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गर्नु भएको छ । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सि.सि. बाट पूर्व-पश्चिम राजमार्ग (मेची – महाकाली) चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गर्नु भएको छ ।
