बनेली ७५२s माेटरसाइकल खरिदमा आकर्षक छुट
इन्भेष्टोपेपर । श्रावण २९, २०७८
काठमाडौँ । बेनेली इटालीयन ब्राण्डको प्रख्यात मोटरसाइकल कम्पनी हो । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ ।
नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२s को उत्कृष्ट डिजाइनका साथ २०७७ साल चैत्र २५ गते बेनेली शोरुम नक्सालमा उद्घाटन भएको थियो । इटालीयन लेगेसी बेनेलीले आफ्नो ११०औं वार्षिकोत्सव मनाई रहेको हुँदा यसै अवसर पारेर नेपालमा पनि ७५२s को खरिदमा पहिलो तीन जना ग्राहकलाई रु.१,१०,०००।– आकर्षक छुट रहेको छ । यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिन्छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध गराईनेछ ।
सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको विक्री तथा वितरण केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि.ले गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ ।
