नबिल बैंक हस्तकला व्यापार मेला तथा प्रतियोगिताको बैंकिङ पार्टनर
इन्भेष्टोपेपर । मंसिर ३, २०७८
काठमाण्डाैं । नबिलबैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिर, २०७८ सम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।
नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
नेपाल हस्तकला महासंघ सँगको सम्बन्धलाई निरन्तरता दिंदै यस वर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ । महासंघ सँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको हो । यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंकको रुपमा नबिल बैंकको प्रतिबद्धतालाई झल्काउँदछ ।
नेपाली हस्तकला उद्यम र व्यवसाय प्रर्वद्धनका लागिआयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलाहरुमा महासंघसंग नबिल बैंक लिमिटेडले निरन्तररुपमा गरिआएको सहयोग र सहकार्यले उद्यमि एवं समस्त हस्तकला व्यवसायलाई उर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले वताउनुभयो । साथै, आगामीदिनमा समेत नबिल बैंकबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा व्यक्त गर्नुभयो ।
