विशेष पूजाअर्चनासहित आज बराह जयन्ती मनाइँदै

न्भेष्टाेपेपर । भाद्र २, २०८०

काठमाण्डाै । आज श्रावण शुक्ल तृतीयाका दिन बराह जयन्ती मनाइँदैछ । जलमा डुबेकी पृथ्वीलाई विष्णुले उद्धार गरी मानव बसोबास गर्न योग्य बनाएको सम्झनामा बराह जयन्ती मनाउने गरिन्छ ।

वराह जयन्तीलाई भगवान् विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दु धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रूपमा लिइन्छ । आजको दिन भगवान् विष्णुले आफ्नो तेस्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ ।

धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि बराहरूपी विष्णुले उद्धार गर्ने वैदिक ग्रन्थमा उल्लेख छ । विष्णुका विभिन्न दश अवतार रहेको धार्मिक मान्यता छ ।

मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिइ असत्यबाट सत्यको रक्षा गरेको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो ।

सत्ययुगमा भगवान विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । बराह अवतार भगवान विष्णुको तेस्रो अवतार मानिन्छ भने वराह अवतार भन्दाअघि भगवान विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसक्नु भएको थियो । ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्दार गरेको उल्लेख गरिएको छ ।

आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा रहेका बराह/बाराही मन्दिरमा भिड लाग्ने गर्छ। यस अवसरमा धुम्वाराही स्थित धुम्रवराह मन्दिर परिसरमा भगवान धुम्रवराहको विशेष पूजाअर्चनाका साथै होम यज्ञादी गरि मनाइएको छ । धार्मिक एवं ऐतिहासिक महत्वले भरिएको यस मन्दिरमा हरेक वर्ष विशेष पूजा आजा भजन कृतन सहित यो पर्व मनाइने गरिन्छ ।

भगवान वराहको पूजा अर्चनाले सुख शान्ति र सम्वृद्धी प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यस अवसरमा भगवान धुम्रवराहको मूर्तिलाई सिंगारिनुका साथै मन्दिर परिसर सुन्दर बनाइएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *