सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँसँग भेटियो नेपाली नागरिकता

न्भेष्टाेपेपर । भाद्र २, २०८०

काठमाण्डाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता रहेको खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको हो। उनीहरु सबै जनासँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नेपाली नागरिकता भेटिएको सीआईबी स्रोतले जानकारी दियो।

यो प्रकरणमा सुरुमा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको विषय सार्वजनिक भएकै भोलिपल्ट साउन ४ गते चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवानलाई पक्राउ गरेको थियो।त्यसपछि ठमेलमा होटल भियना सञ्चालन गर्दै आएका तिब्तीयन मूलका थोप्तेन छिरिङ पक्राउ परेका थिए। उनीसँग नेपाली र बेल्जियम २ देशको नागरिकता रहेको खुलेको थियो।त्यसैगरी यो प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई पनि पक्राउ परेका छन्। साउन २९ गते मात्रै गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए। उनीहरुबाट ३१ लाख रुपैयाँ समेत बरामद भएको थियो। 

पक्राउ परेका यी चिनियाँ नागरिकबाट नेपाली नागरिकता समेत बरामद भएको छ। उनीहरु सबैको जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकता भेटिएको सीआईबीका एक अधिकारीले जानकारी दिए।सुरुवाती क्रममा नेपाली नागरिक र तिब्बतीयन मुलका एक भारतीय पक्राउ परेकाले नेपाली भारतीयको संलग्नतामा तस्करी भएको हुनसक्ने आशंका गरिएको थियो। तर पक्राउ परेकामध्ये अधिकांश चिनियाँ हुनु र उनीहरुकै भूमिका मुख्य देखिएकाले सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकको भूमिका मुख्य देखिएको छ।

माथि उल्लेखित चिनियाँ बाहेक पक्राउ पर्नेमा १ जना भारतीय नागरिक छन् बाँकी सबै नेपाली नागरिक हुन्। सुन बरामद भएकै रात साउन २ गते राजस्वको टोलीले ६ जनालाई पक्राउ गरेको थियो। भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा ट्याक्सी चालक अशोक राना मगरलाई नियन्त्रणमा लिएको थियो। लामा बा २ ज २३२४ नम्बरको ट्याक्सीका चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट बाहिर ल्याइएको थियो। क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएपछि राजस्वको टोलीले अपरेशन चलाएको थियो। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *