बेरुतमा डरलाग्दाे विस्फोट : कम्तीमा सयको मृत्यु, ४ हजार भन्दा धेरै घाइते
इन्भेष्टोपेपर । श्रायण २१, २०७७
लेबननको राजधानी बेरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा १०० जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको बीबीसीले जनाएकाे छ। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो देखिन्छ भने धेरै घरहरूमा क्षति भएको देखिन्छ।
घाइतेहरूले अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिइरहेकाे र उद्दार कार्य जारीरहेकाे जनाएका छन ।
विस्फोटन यति भयानक र डरलाग्दाे थियाे कि जसकाे आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। लेवनानका जाँच अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको अमोनियम नाइट्रेट नामक विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।
राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २,७५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य”रहेको बताउनु भएकाेछ। विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ।
