आजदेखि जाेर बिजाेर तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

इन्भेष्टोपेपर ।  श्रायण २२, २०७७

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर सरकारले यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने उनले बताए । 

त्यस्तै सरकारले आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता  सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा  र उपत्यकाबाहिर २ सय जना भन्दा  बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *