बीरे नुन (कालो नुन) सेवनका फाइदाहरू वा औषधीय महत्व

इन्भेष्टोपेपर । कार्तिक ५, २०७८

बीरे नुन (कालाे नुन) प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ । नेपाली बोलीचालीमा बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन पूरानै हो । पेट दुख्दा या ग्याष्ट्रिक हुँदा यसको प्रयोग गर्ने गरिएको छ । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ ।

यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ । यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन तसर्थ उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ। कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोग गर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ ।

बीरे नुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । आयुर्वेदमा त बीरे नुन धेरै औषधिहरुमा प्रयोग हुन्छ । जानौं बिरे नुनका फाइदाहरूः 

१. जोर्नी दुख्दा

मांसपेशी र जोर्नी दुख्दा बीरे नुनले सेक्ने हो भने निको हुन्छ । यसका लागि एउटा कपडामा थोरै नुन बाँध्नुपर्छ । यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुईपटक सेक्ने हो भने तत्काल राहत मिल्छ । 

२. अपच हुँदा 

पेटका हरेक समस्यामा बीरे नुन अर्थात् कालो नुन लाभदायी हुन्छ । यसले मुखको ग्रन्थी सक्रिय बनाइदिन्छ । पेटमा हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने इन्जाइम बढाउन मद्धत गर्छ । अपच, कब्जियत, एसिडीटीमा एक गिलास पानीमा कागतीको रससंगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।

३. तौल घटाउन उपयोगी

कालो नुनले तौल घटाउन पनि मद्धत गर्छ । शरीरमा पाचन प्रक्रिया ठीक हुन्छ भने खानामा भएको पोषक तत्व शरीरले राम्ररी लिन पाउछ । स्वादिलो हुने भएकाले यो नुन निरन्तर प्रयोग गर्न सकिन्छ । त्यसका लागि एक गिलास पानीमा एउटा कागती निचोरेर हाल्ने र स्वाद अनुसारको नुन मिसाउन सकिन्छ । यसले शरीरमा बोसो जम्मा हुन दिँदैंन । गर्मीका बेला तिर्खा लाग्दा दिनको तीन चारपटक कालो नुन खान सकिन्छ ।

४. मधुमेहमा लाभकारी

कालो नुनमा सोडियम कम हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ । यसैले मधुमेहका बिरामीका लागि कालो नुन उपयोगी हुन्छ । मधुमेह सुरुवाती अवस्थामा छ भने त कालो नुनको प्रयोगले ठीक पनि हुन सक्छ । सोडियम कम हुने भएकाले मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

५. भोक बढाउँछ

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

६. छाला सम्वन्धि राेगमा लाभदायक

यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

७. दाँत चम्काउँछ, मुख सम्वन्धि समस्याबाट बचाउँछ

दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बीरे नुनको मिश्रण बनाएर सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *