सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

न्भेष्टाेपेपर ।  भदाै  २२, २०८२

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटीका भागवत भट्टराई निर्वाचित हुनुभएकाे छ ।  शनिबार सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित हुनुभएकाे हाे ।

उहाँका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गर्नुभएकाे थियाे ।

समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित हुनुभएकाे छ । नयाँ कार्यसमितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित हुनुभएकाे छ भने उहाँका प्रतिस्पर्धी अनलाइनखबरका अच्युत पुरीले १०४ मत प्राप्त गर्नुभएकाे थियाे ।

यसैगरी, कोषाध्यक्षमा उकालोका केशु लामिछाने १३३ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका ममता थापाले १०८ मत प्राप्त गर्नुभयाे । समितिको सचिवमा हिमालयन टेलिभिजनका शंकर पण्डित निर्विरोध निर्वाचित हुनुभयाे ।

समिति सदस्यमा सीमा तामाङ (कान्तिपुर दैनिक) २०० मत, अर्जुन तामाङ (टुरिजम पाटी) १४१, कमल धिताल (बाह्रखरी)१८५, भोजराज भण्डारी (कर्पोरेट समाचार) १४७, राजु बास्कोटा (क्लिकमाण्डु) १५९ मतसहित निर्वाचित भए ।

यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गर्नुभयाे । उहाँले नवनिर्वाचत कार्यसमितिले आर्थिक क्षेत्रका मुद्दामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गर्नुभयाे । उहाँले पछिल्लो समय आर्थिक ‘बिट’मा कलम चलाउने पत्रकारहरूको भूमिका थप बढ्दै गएको भन्दै सेजनले यस क्षेत्रमा क्रियाशील पत्रकारको क्षमता विकास, पत्रकारका मुद्दा र आर्थिक सवालहरू उजागर गरी थप योगदान गर्नु पर्नेमा जोड दिनुभयाे ।

निर्वाचन समितिमा अधिवक्ता सन्तोष तिवारी, रामप्रसाद दाहालसहित तीन सदस्य रहेको थियो । सेजनमा २६६ जना पत्रकार आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेका थिए । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *