नेमकिपाको अध्यक्षमा बिजुक्छे (राेहित) सर्वसम्मत

न्भेष्टाेपेपर ।  फागुन २१, २०८१

काठमाण्डाैँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन हुनुभएको छ ।

नेमकिपाको हिजो भक्तपुरमा सम्पन्न आठौँं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौंँ महाधिवेशन  यही फागुन १६ गतेदेखि शुरू भएको थियो ।

२०३१ साल माघ १० मा विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि नै बिजुक्छे सर्वसम्मत अध्यक्ष रहँदै आउनुभएको छ ।

उमेरले ८५ वर्ष पुग्नुभएका बिजुक्छेले २०७४ को चुनावबाट संसदीय राजनीतिबाट विश्राम लिनुभएको थियो । त्यसपछि भक्तपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टीका सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो ।

महाधिवेशनले पार्टीको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छे, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन हुनुभएको छ ।

महाधिवेशनले मन्जु चौधरी, विनोद बिक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *