सुनचाँदीको मूल्य वृद्धि

न्भेष्टाेपेपर ।  फागुन २१, २०८१

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य नौ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

मङ्गलबार प्रतितोला एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *