अर्बाै वर्ष पुरानो ‘द एनिग्मा’ नामक कालाे हीरा लिलाम हुँदै

इन्भेष्टोपेपर । माघ २३, २०७८

पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममा विक्री हुन लागेको छ। यो हीरा अर्बौँ वर्षअघि बनेको बताइन्छ।

‘द एनिग्मा’ नामक उक्त रत्नको उत्पत्तिबारे विभिन्न मान्यताहरू छन्। तीमध्ये एउटाका अनुसार यो अन्तरिक्षबाट पृथ्वीमा आइपुगेको हो।

यो हीरा ५५५.५५ क्यारेटको छ जुन एकदमै अस्वाभाविक हो। सजावट कला, गहना र विभिन्न वस्तुको ठूलो विक्रेता सथबीले लन्डनमा लिलामीमा राखेको यो हीराले ६० लाख डलरभन्दा बढीमा मूल्य पाउने अपेक्षा गरेको छ।

अनलाइन माध्यमबाट इच्छुक क्रेताहरू आगामी सातासम्म लिलाम बढाबढमा सहभागी हुन सक्छन्।

कालो हीरा सामान्यतया झन्डै २.६ देखि ३.२ अर्ब वर्ष वा डाइनसोर अस्तित्वमा हुँदाको समयभन्दा पुरानो हुन्छ। पृथ्वी झन्डै ४.६५ अर्ब वर्षअघि उत्पन्न भएको हो। त्यसैले पृथ्वी र यो हीराको आयुको तुलना गर्ने गरिएको छ।

कार्बनेडोहरू अत्यन्त दुर्लभ हुन्छन्। यी ब्रजिल र मध्य अफ्रिकी गणतन्त्रमा मात्र फेला परेका छन्। तिनमा उल्कापातमा मात्र पाइने ओस्बर्नाइट नामक एक किसिमको खनिज हुन्छ। त्यसैले यो हीरा अन्तरिक्षबाट उत्पन्न भएको विश्वास गरिन्छ। तर यसको उत्पत्ति कहाँ भएको हो भन्ने कुरा अहिलेसम्म रहस्यकै गर्भमा छ।

ठ्याक्कै ५५५.५५ क्यारेट तौलको हीरालाई ५५ वटा पाटो देखाउनेगरी काटिएको छ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *