अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस् बजारमा

इन्भेष्टाेपेपर ।  साउन ९, २०७९

काठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग्स बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो ।

बायोब्यागस प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ। बायोब्यागस बाल्दा खरानीमा परिणत हुन्छ जसले यो ब्यागसलाइ वातावरणमैत्री बनाउन्छ ।वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले यसको नाम नै जैविक झोला हो।प्लास्टिकको झोला प्रयोग गरेपछि न कम्पोष्ट मल बनाउन मिल्छ न त बाल्दा खरानी नै हुन्छ ।

प्लास्टिकको झोलाले वातावरणमा प्रदूषणमात्रै बढेको छ अहिले जताततै प्लास्टिक फोहरमात्रै देखिन्छ, जल, जमिन र जंगलमा प्लास्टिकजन्य फोहरको थुप्रो नै लागेको छ प्लास्टिकजन्य फोहर मानवको लागि मात्र नभई जीवजन्तु र वनस्पतिकै लागि अभिसाप बन्दै आएको छ । जबकी जैविक झोला वातावरणमैत्री छ ।

व्यवस्थापन गर्न जटिल प्लास्टिकको झोलाको विकल्पको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायो ब्यागस नेपाल प्रा लिले जैविक झोलाको उत्पादन सुरु गरेका छन्। करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक दीपेश वेजू बताउँछन् । मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायो व्यागस नाम दिएका बताए ।

उद्योगमा एकदर्जन स्थानीय युवाहरुलाई रोजगारीसमेत दिएका र पोखरामा उत्पादन विक्री वितरण गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको जानकारी दिए। अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको उनले बताए। प्लास्टिक झोलाको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्यागस नेपाल प्रा लि नेपालमा पहिलो उद्योग हो’, सञ्चालक वेजूले दावी गर्दै भने ।

मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ । बान्दा पनि खरानी बन्छ,खरानी पनि मल नै हो ।उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए। उनका अनुसार दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै १ केजी, २ केजी, ५ केजी र १० केजी क्षमताका जैविक झोला उत्पादन भइरहेको बताए। मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्छौ, सञ्चालक वेजूले भने, ।’

हरेक वर्ष लाखौं टन प्लास्टिकजन्य फोहर ल्यान्डफिल साइट र खोलानालामा फ्याकिन्छ । प्लाष्टिकलाई खाना सम्झेर खाँदा हरेक वर्ष हजारों चराचुरुङ्गी, कछुवा लगायतका जनावरहरू मर्छन्। प्लाष्टिकका झोला जनावरले पचाउन सक्दैन। त्यसैले यो पेटमै रहन्छ, जनावरको पेटमा पुगेको प्लास्टिकले खाना पचाउनबाट रोक्छ, जसबाट धेरै ढिलो गरी ती जनावरले पीडादायी मृत्युवण गर्नुपर्छ।

प्लाष्टिकको झोला क्षय हुन एकहजार वर्षसम्म लाग्ने बताइन्छ । जुन सबै जीवित प्राणीहरूको लागि हानिकारक साबित हुँदै आएको छ यसको व्यवस्थापनको लागि मानव जातिले चर्का मूल्य चुकाउँदै आउनु परेको छ तैपनि समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै आएको छ। प्लास्टिक बाल्दा वायु प्रदूषण अत्यधिक बढ्छ। यो सइन वर्षों लाग्छ ।

व्यवसायी वेजूले जैविक झोला उत्पादन गर्ने उद्योग स्थापना गर्नुअघि धेरै अध्ययनसमेत गरेका बताए। उनले प्लास्टिकजन्य झोला र अन्य उत्पादनले मानव जीवन र पर्यावरणमा पर्ने असर तथा प्रभावबारे समेत खाजेबिन गरेको बताउँछन्।

प्लास्टिकजन्य उत्पादनबाट फाइदाभन्दा बेफाइदा धेरै देखेपछि यसको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्नतिर आफू लागेको वेजूको भनाइ छ। मानव जातिले प्रत्येक वर्ष ६ ट्रिलियन प्लास्टिक झोला प्रयोग गर्छ र लगभग ८० प्रतिशत प्लास्टिक पुनः प्रयोग गर्न सकिंदैन। जुन सीधै ल्यान्डफिल वा समुद्रमा फालिन्छ, उनले भने, प्लास्टिक र प्लास्टिकजन्य फोहोरको प्रभावबारे कल्पना गर्नुहोस् न कति कहाली लाग्दो छ। त्यसैले हामीले विकल्पहरू अघि बढाउन अति आवश्यक भइसक्यो।’

उनले यस किसिमको उद्योग र उत्पादनतर्फ सरकारको समेत ध्यान जानुपर्नेमा धारणा राखे। सरकारले नसके निजी क्षेत्रलाई सहयोग र अनुदान दिन उद्योगी व्यवसायी वेजूले माग गरे । उनका अनुसार प्लास्टिकले मानव जीवनलाई धेरै तरिकामा सजिलो बनाइरहेको छ र यो मानिसको दैनिक जीवनको एक आवश्यक अंश भइसक्यो तर नसड्ने र बाल्न नहुने प्लास्टिकको विकल्पको रुपमा कम्पोस्टेबल एवं बायोडिग्रेडेबल जैविक झोलाको उत्पादन तथा प्रयोग गर्न ढिलो भइसकेको वैजूको तर्क छ।

जैविक झोलालाई कम्पोष्टमा परिणत गरी माटोलाई उर्बर बनाउन सकिन्छ, यी उत्पादनमा कृत्रिम रसायनहरूको प्रयोग हुँदैन। यो जीव जनावरले सजिलै पचाउन समेत सक्छ’, उनले थपे, ‘यसले मानवको स्वास्थ्यसँगै जीवजन्तु तथा विरुवालाई कुनै हानी नोक्सानी गर्दैन। उल्टै पर्यावरण र समुद्र सफा राख्न मद्दत गर्छ। बोटविरुवाको लागि कम्पोष्ट मलको रुपमा खाद्य तत्व आपूर्ति गर्छ।’ उनका अनुसार बायो व्यागम् सामान्य प्लास्टिकका झोला भन्दा डेढ गुणा महंगो छ। तर यसले वातावरण संरक्षण र कृषि उत्पादन बढाउन गर्ने योगदानसामु यो मूल्य केही पनि होइन, वेजूले भने ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *