मुक्तिनाथ फाउन्डेसनद्वारा रक्तदान तथा निशुल्क दन्त परीक्षण कार्यक्रम

न्भेष्टाेपेपर । असाेज २, २०८१

काठमाण्डाैँ । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको छ भने ४८ जनाले निशुल्क दन्त परीक्षण सेवा लिनु भएको छ । रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसंचार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो ।

सोही अवसरमा संस्थाका अध्यक्ष श्री भरतराज ढकालले रु. १०,०००÷–, संचालक श्री सिताराम काफ्लेले रु. १०,०००÷– तथा संचालक श्री राम प्रसाद पोख्रेलले रु. १५,०००÷– संस्थालाई आ–आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गर्नु भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *