सानिमा बैंकको बुक क्लाेज भाेली, लाभांश पाउन आजसम्म शेयरधनी कायम हुनपर्ने

Investopaper, असाैज १२, २०७६

सानिमा बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश पाउन आज (आइतबार) सम्म शेयरधनी बन्नुपर्ने भएको छ ।

बैंकले आब्हान गरेको पन्ध्रौ वार्षिक साधारण सभाका लागि असोज १३ गते सोमबार १ दिनको लागि बुकक्लोज गर्ने भएकाले आज असोज १२ गतेसम्म कायम भएका शेयरधनीहरुलेमात्र बैंकले वितरण गर्ने लाभांश पाउने भएका हुन्। बैंकको शेयर असोज ९ गते बिहीबार प्रतिकित्ता ३४५ रुपैयाँमा कारोबार भएको छ।

बैंकले असोज २९ गते बुधबार बिहान ११ बजे नक्साल ब्यांकेट, नारायणचौर, नक्सालमा साधारणसभा बोलाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *