दशैकाे मुखमा सुनचाँदीकाे भाउमा ओरालाे यात्राः आज पनि ६ सय रूपैयाँले घट्याे

Investopaper, असाैज १२, २०७६

सुनचाँदीकाे भाउमा उकालाे र अाेरालाे यात्रा भैरहन्छ । तिजताका उच्च शिखरमा रहेकाे सुनचाँदीकाे मूल्य दशैकाे मुखमा भने घटदाेक्रममा छ । शुक्रवार २ सय रूपैयाँले घटेकाे सुन आज पनि ६ सय रूपैयाँले घटेकाे छ । यसैगरि चाँदीमा भाउमा पनि आज गिरावट आएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज असाैज १२ गते आइतवार छापावाला सुन प्रतिताेला ६ सय रूपैयाँले घटेर प्रतितोला ७० हजार २ सय रूपैयाँ कायम भएकाे छ । हिजाे असाैज १० गते शुक्रवार नेपाली बजारमा छापावाला सुन प्रतितोला  ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा आज तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि प्रति ताेला ६ सय रूपैयाँले कमि भएकाे छ ।

यसैगरी, चाँदीकाे मूल्यमा पनि गिरावट आएकाे छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला ८ सय ६० रूपैयाँ थियाे भने आज प्रति ताेला १५ रूपैयाँले घटेर ८ सय ४५ रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ दशैकाे शुरूवात संगै घटदाे क्रममा देखिएता पनि उपभाेक्ताकाे पहुँच बाहिर नै छ । सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबारमा गति आउन नसकेकाे व्यवसायीहरू बताउँछन ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । दिनदिनै घटबढ भैरहने सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *